स्पेनमा कोरोनाको भयावह बढेपछि देशव्यापी कर्फ्यू

उज्यालो प्रतिनिधि १० कार्तिक २०७७, सोमबार समाचार
काठमाडौं।कोरोना भाइरसका संक्रमण फेरि महामारीका रुपमा फैलिएपछि स्पेनले देशव्यापी संकटकाल घोषणा गरेको छ । त्यस्तै रोकथामको प्रयासस्वरुप रातको समयमा कर्फ्यूु घोषणा गरिएको छ ।

प्रधानमन्त्री पेड्रो सान्चेजले आइतबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागुु हुने बताए । त्यस्तै, संकटकालिन मापदण्डअनुसार स्थानीय निकायले क्षेत्रीय स्तरमा पनि भ्रमण प्रतिबन्ध लगाउनसक्ने उनले बताए । अहिले १५ दिनका लागि लागु गरिएको नयाँ नियम ६ महिनासम्म लम्ब्याउनका लागि संसद्सँग माग गर्ने उनले बताए ।

कोरोना भाइरसको पहिलो लहरबाट सर्वाधिक प्रभावित हुने देशमध्ये स्पेन एक थियो । यहाँ निकै कडा लकडाउन पनि गरिएको थियो । पहिलो लहर केही समय नियन्त्रणमा आएपनि अन्य युरोपेली देशजस्तै स्पेन पनि दोस्रो लहरको चपेटामा छ । वल्र्डोमिटरका अनुसार जुनको मध्यतिर यहाँ दैनिक संक्रमितको संख्या घटेर ३ सयको हाराहारीमा थियो । तर, पछिल्लो चार दिनमा दैनिक संक्रमित हुनेको संख्या १९ हजारभन्दा माथि छ । विश्वमा कोरोना संक्रमितको कुुल संख्या १० लाखभन्दा धेरै रहेका आठ देशमध्ये स्पेन एक हो । यहाँ, अहिलेसम्म कुल ११ लाख १० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । ३४ हजार ७ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार