९ कार्तिक २०७७, आईतवार

बिरामीको मृत्युपछि ‘अवैध’ क्लिनिक बन्द गर्न माग

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ९ कार्तिक २०७७, आईतवार समाचार
35Views
Shares

काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका–२ मोथ्याईका वासिन्दाले अवैध रूपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गरेका छन् ।

शनिवार स्थानीय २३ वर्षीया विनिता थापाको सदरमुकाम गाइघाटस्थित टाईम्स पोलिल्किनिकमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अवैध रुपमा सञ्चालित क्लिनिकका सञ्चालक डा. रामजीवन यादवले गलत औषधि दिँदा थापाको मृत्यु भएको उनका आफन्तको आरोप छ । सञ्चालक यादवलाई कारवाही गर्नुपर्ने तथा अवैध रुपमा सञ्चालित सो क्लिनिक बन्द गर्नुपर्ने माग गर्दै थापाका आफन्त आन्दोलनमा उत्रिएका छन् ।

यो पनि पढ्नुहोस् ...  नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न/देख्न पाउँदैनन्

क्लिनिक सञ्चालक यादवलाई कारवाही नगर्दासम्म शव नबुझ्ने उनीहरूले अडान लिएका छन् । शनिवार दिउँसो बिरामी भएपछि थापालाई उपचारका लागि यादवको क्लिनिकमा भर्ना गरिएको थियो । उपचारपछि पनि थापाको अवस्था झन जटिल बनेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको जिल्ला अस्पतालमा मृत्यु भएको बिरामीका आफन्त विक्रम थापाले बताए ।

यो पनि पढ्नुहोस् ...  EYEPLEX MALL ले व्यवसायीलाई दियो घरभाडा छुट

अवैध रुपमा सञ्चालित क्लिनिकका सञ्चालक डा. यादवको लापरवाहीका कारण ती युवतीको मृत्यु भएको उनले आरोप लगाए । मृतक युवतीको शव जिल्ला अस्पतालमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले अवैध रुपमा सञ्चालित डा. यादवको क्लिनिकको विषयमा छानबिन थालिएको जानकारी दिए ।

यो पनि पढ्नुहोस् ...  महरा प्रकरण : 'कैफियत प्रतिवेदन' पेश गर्न उच्च अदालतको आदेश

क्लिनिकका सञ्चालक डा. यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । हाल क्लिनिक बन्द गराइएको छ ।रासस

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार