लाइन विस्तार संगै गाउँघर झलमल्ल

उज्यालो प्रतिनिधि ९ कार्तिक २०७७, आईतवार समाचार

काठमाडाैं।नलगाड नगरपालिका –८ हल्चौरमा विद्युत्को लाइन विस्तारसँगै गाउँ झिलिमिली भएको छ ।

यहाँका करिव ५०० घरधुरीले लाइन विस्तारसँगै विद्युत् सेवा पाएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्समिटर, सांसद विकास कोषको आर्थिक सहयोगमा पोल तथा तार खरिद गरी लाइन विस्तार गरेपछि हल्चौर गाउँमा विद्युत् सेवा शुरु भएको हो । स्थानीय खुमाउरी खोला जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत् बढी भई खेर गएको अवस्थामा हल्चौरमा लाइन विस्तार गरी सो विद्युत् प्रयोग गरिएको छ ।

 

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको विशेष पहलमा हल्चौर गाउँमा विद्युतीकरण भएसँगै हल्चौरवासीहरु खुसी भएको नलगाड–८ का रामप्रसाद खत्रीले जानकारी दिनुभयो । अहिले गाउँमा वाइरिङको काम भइरहेको छ । मन्त्री बस्नेतका अनुसार अहिले खुमाउरी खोलाबाट विद्युत् ल्याएर सञ्चालन गरे पनि केही महिनाभित्र केन्द्रीय लाइन विस्तार भइरहेकोले सोही लाइनमार्फत हल्चौरमा विद्युतीकरण गरिने बताए ।रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार