चुनाव सकियो नेताले बिर्सिए सुकुम्बासी जनताको बास पुलमुनि

उज्यालो प्रतिनिधि ८ कार्तिक २०७७, शनिबार समाचार

काठमाडौं। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–११ का दलहबहादुर बोहरा पुर्वपश्चिम राजमार्गको बनहरा पुल छेउको बस्तीमा बसोबास गरिरहेका छन् ।

आफूसित सम्पत्तिका नाममा परिवार मात्रै भएपछि टहरा बनाएर राजमार्ग छेउमा सुकुम्बासी जीवन बिताइरहेका बोहरा स्थायी बसोबास नहुँदा निकै सास्ती झेल्नु परेको दुखेसो पोख्छन् । २०६२ सालदेखि टहरामा बस्दै आएका बोहरा हिउँदमा भने वनहरा पुलमुनि बास बसिरहेका छन् ।

‘सुकुम्बासी बस्ती त नामको मात्रै हो,’ उनले भने, ‘वर्षातमा बाढीको डर हुन्छ, अरु समय हाम्रो बास पुल मुनि नै हुन्छ ।’ मुलुकको व्यवस्था परिर्वतन भएर गाउँ गाउँमा सिंहदरबार आएपनि आफूहरू ओत लाग्न पुलमुनि बास बस्नु परेको उनले बताए ।

‘राजमार्गमा दैनिक झण्डावाल गाडीहरु गुडिरहेको देख्छौं,’ उनले भने, ‘ती गाडीभित्रका ठुलाबडाहरू हामीलाई देखे नदेखेझै गर्छन् ।’ विगतमा मजदूरी गरेर जीविका चलाउने गरेका सुकुम्बासीहरू कोरोना कहरपछि मजदुर पाउन गाह्रो भएपछि परिवारको खर्च टार्न मुस्किल परिरहेको दुखेसो पोख्छन् ।

‘कोरोना आएपछि त पेट पाल्न पनि धौधौ हुने स्थिति आयो,’ उनले भने, ‘विपन्नका नाममा राहत बाडिएको सुनियो तर हाम्रो बस्तीमा पुगेन ।’

सुकुम्बासी बस्तीमा २६ परिवारको बसोबास रहेको छ । १५ वर्षदेखि सुकुम्बासी बस्तीमा आफूहरू बसोबास गरिरहेको भए पनि अझै पुनःस्थापनाको कुनै सुरसार कहीँबाट नरहेको उनीहरूको गुनासो छ । ‘बस्तीमा जंगली हात्ती आएर भएको अन्नपात समेत नष्ट गरेर जान्छ तर स्थानीय निकायबाट कुनै सहयोग मिल्दैन,’ बोहराले भने, ‘बस्ती पुनःस्थापनाका लागि धेरै पटक सरोकारवाला निकाय गुहार गरे पनि सुनुवाइ भएन ।’

बस्तीकी कलमती दमाईले पनि सुरक्षित बसोबास होला भन्ने आशमा वर्षै बितिसकेको बताइन् । ‘सुरक्षित आवास नहुँदा पुल मुनि रात काट्नुपर्ने बाध्यता भएको छ,’ उनले भनिन्, ‘परिवार ठूलो हुँदा व्यवस्थापन झन् कठिन भयो ।’ सुकुम्बासी बस्तीमा रहेका विद्यालय समेत जाँदैनन् । बस्तीका बालबालिका पनि बसोबास उचित नहुँदा जोखिममा रहेको कलावतीको भनाइ छ ।

बस्तीको पूर्वतर्फ कृष्णपुर नगरपालिका पर्छ । स्थानीय मथुरादेवी सार्कीले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिँदै आए पनि बस्तीका हकमा भने लागू नभएको बताइन् । आर्थिक अवस्था कमजोर भएका कारण पनि बस्तीका बालबालिकाहरुले पढ्न सक्ने अवस्था छैन । ‘सुकुम्बासीका नाममा धेरै नेता भए, धेरैले आफ्नो अवस्था सुधार गरेपनि वास्तविक सुकुम्बासी अझै समस्यामै छन्,’ उनले भनिन्, ‘बस्तीका धेरै बालबालिकाले अझै विद्यालय देख्न पाएका छैनन् ।’रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार