जसपाद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सन्तोष काफ्ले २४ आश्विन २०७७, शनिबार फोटो समाचार

रौतहट । जिल्लाको क्षेत्र नम्वर ४ मा जनता समाजबादी पार्टी रौतहटले बिजया दशमी, शुभ दिपावली तिहार तथा छठपर्वको अबसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्वर १० चेतनगरमा आयोजना गरीएको कार्यक्रमको अध्यक्षता कन्थमणी प्रसाद जयसवालले गरेका थिए ।

जिल्लाका चर्चित युवा नेताको रुपले चिनिएका राजकुमार दासले मधेश र मधेशी,आदीबासी,दलित लगायतलाई सरकार र अन्य राजनैतिक पार्टिले धोका दिएको बताएका छन् । उनले सरकारको कमजोर सुरक्षा नितीका कारण पनि रौतहटमा दिन प्रतिदिन श्रृङखलाबद्ध रुपले हत्या,हिंसा लगायतका घटनाहरु घट्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

आफूहरु संबिधानको बिरोधि नभएको तर संबिधानको केही बुदाहरुमा आदिबासी,दलित,मधेशी लगायतकाको माग समाबेश नगरी बिभेदपूर्ण तरीकाले दूई तिहाईको बलमा संबिधानमा लादिएको केही बुदाहरुको विरोधी भएको जयनाथ राय यादको भनाई रहेको थियो ।

कार्यक्रमको अन्तयमा कार्यक्रमको अध्यक्षता गरीरहेका जयसवालले आगामी निर्वाचनमा पार्टी एकताको मर्म अनुसार सबै एकजुट भई वडा देखि केन्द्रसम्मको निर्बाचनमा हिमालदेखि तराई सम्म जनता समाजबादी पार्टीको लहर ल्याउन र आफ्नो पार्टीको सरकार बनाउन सबै तह र तप्काका कार्यकर्ताले लागीपर्न निर्देशन पनि दिएका थिए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका सयौ नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा युवा नेता राजकुमार दास ,रामाज्ञा यादव ,धर्मेन्द्र प्रसाद यादब ,मुस्तुफा अन्सारी, राजिव यादव तथा पार्टीका केन्द्रिय सदस्य हरी प्रसाद घिमिरे लगायतका दर्जनौ नेताहरुले शुभकामना मन्तब्य राखेका थिए । सो कार्यक्रम संचालन जनता समाजबादी पार्टीका संघिय परिषद सदस्य जयनाथ राय यादबले गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार