नवलपरासीको गण्डक नदिमा डुङ्गा सञ्चालनमा आएपछि सुस्ताबासी हर्षित

रबिन्द्र यादव १३ आश्विन २०७७, मंगलवार समाचार

 सुस्ता । गण्डक नदी ( नारायणी )मा मेसिन जडित ठुलो डुङ्गा सञ्चालनमा आएपछि सुस्ताबासी हर्षित भएका छन् । १६० क्वीन्टल भार बोक्न सक्ने ठुलो डुङ्गा नदीमा आजदेखि संचालनमा आएपछि सुस्ताबासी खुशी भएका हुन् ।

यो डुङ्गा सानो डुङ्गा भन्दा कम जोखिम र बढि भार बोक्न सक्ने क्षमतावान रहेको छ । यस डुङ्गामा पन्खी सहित दुई सिलिण्डरको मोटरमेसिन जोडिएको छ । उक्त मेसिन डिजलबाट चल्ने र अब यस डुङ्गालाई हातबाट खियाउन नपर्ने भएको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवाल बताउछन् ।

पटक–पटक सानो डुङ्गा नदीमा पल्टिएर धनजनको क्षति हुने गरेको र सुस्ता वारीपारी आवतजावतमा बढि समय लाग्ने गर्दथ्यो तर यस ठुलो डुङ्गामा धेरै सर–सामान राख्न मिल्ने र बाढीमा पनि सहजै यात्रा गर्न सक्ने प्रवक्ता जयसवालले बताए ।

उनका अनुसार बाढीमा पनि यस डुङ्गाबाट यात्रा गर्दा कम जोखिम रहेको र अहिलेको समयमा वारीबाट सुस्तापारी पुग्न जम्मा १० मिनेट र फर्किन २० देखि २५ मिनेट मात्र लाग्ने गरेको बताउछन् । यो डुङ्गा काठबाट बनाइएको छ ।

सानो डुङ्गा बाढीमा चलाउनै नमिल्ने पानी सामान्य अवस्थामा रहदा डुङ्गा हातले खियाउने हुँदा सुस्ता पुग्न ३० मिनेट आउँदा करिब १ घण्टाको समय लाग्ने गर्दथ्यो र यात्रा जोखिम पुर्ण पनि थियो तर सुस्ताबासी फिरोज आलम र जयनारायण शाहले सुस्ताबासीको समस्यालाई ध्यानमा राखी पन्खी मोटर जडित ठुलो डुङ्गा बनाएर सञ्चालनमा ल्याएपछि सुस्ताबासीमा खुशियाली छाएको हो ।

बर्षौदेखि समस्या झेल्दै आएका सुस्ताबासीको समस्या सामाधानका लागि नदीमा झोलुंगे पुलको योजना हालेपनि पुल अझै सम्पन्न भईसकेकाले आफनो दैनिकी सहज बनाउन विकल्पको रुपमा उक्त मेसिनबाट चल्ने डुंगा तयार गरेका हुन् ।

नदीमा पुल छैन जोखिमपुर्ण स्यानो डुङ्गा यात्रा गर्दै आएका सुस्ताबासीहरु बाढीको बेला अवागमन नै ठप्प हुन्थ्यो तर यस ठुलो मेसिन सहितको डुङ्गाले सुस्ताबासीको हौसला बढाएको सुस्ताबासी बताउछन् । ५० देखि ६० क्वीन्टल मात्र भार बाक्ने सक्ने सानो डुङ्गाको यो एउटा विकल्प हो । यस्तै खालको अरु डुङ्गा पनि निर्माण गर्ने सुस्ताबासीले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार