नारायणगढ–मुग्लिन सडक अवरुद्ध

उज्यालो प्रतिनिधि २ आश्विन २०७७, शुक्रबार समाचार

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोसँगै झरेको लेदोले करिब १०० मिटर सडक ढाकेको उनले जानकारी दिए ।

पहिरो पन्छाउन तीन घण्टासम्म लाग्नसक्ने भट्टको अनुमान छ । पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार