प्रहरी कार्यालयमा आईजीपीको फोटो नझुन्डयाइने, आईजीपीको सुरक्षामा खटिने पछुवा गाडीसमेत हट्ने

उज्यालो प्रतिनिधि ३० भाद्र २०७७, मंगलवार समाचार

काठमाडौं । नेपाल प्रहरीमा नयाँ महानिरीक्षक (आईजीपी) आएसँगै देशभरको प्रहरी कार्यालयहरुमा फोटो झुन्डयाउने परम्पराको अन्त्य हुने भएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कार्यालयहरुमा आईजीपीको फोटो झुन्ड्याउने परम्परा तोडेका छन् । । आईजीपी परिवर्तन भएसँगै परम्पराका रुपमा सबै प्रहरी कार्यालहरुमा आईजीपीको फोटो झुन्डयाउने प्रचलन रहेको थियो ।

तर, आईजीपी थापाले प्रहरी कार्यालयहरुमा आफ्नो फोटो झुन्ड्याउन सर्कुलर जारी नगरेसँगै फोटो झुन्डयाउने विगत लामो समयदेखिको परम्परा हटेको छ । यसअघि आईजीपीको तस्वीर उनीहरुको कार्यकालभर देशभरका प्रहरी कार्यालय प्रमुखको कोठामा राखिँदै आएको थियो ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले हरेक कार्यालयहरुमा आईजीपीको फोटो राख्न परिपत्र नभएको बताए । ‘कानुनी हिसाबमा आईजीपीको फोटो राख्नुपर्छ भन्ने प्रावधान विगतमा पनि थिएन, परम्पराको हिसाबमा राखिँदै आएको थियो, यसपटक आईजीपीको फोटो राख्न भनिएको छैन् ।’ प्रवक्ता कडायतले भने ‘यसअघि आईजीपीको सचिवालयबाट कुन साइजको तस्वीर राख्ने भनेर परिपत्र नै जारी हुने गरेको थियो ।’

त्यसै गरी आईजीपी थापा क्षेत्रीले आफ्नो सुरक्षामा खटिने पछुवा गाडीसमेत नलिने, प्रहरीले वेबसाइटमा बाहेक कुनै पनि कार्यालयमा अब महानिरीक्षक थापा क्षेत्रको फोटो नराख्ने आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार