लागूऔषधसहित सात जना पक्राउ

उज्यालो प्रतिनिधि २८ भाद्र २०७७, आईतवार समाचार

झापा । प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीको विशेष टोलीले चार केजी २५ ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

त्यस्तै विर्तामोड नगरपालिकाबाट एग्रोभेट सञ्चालकलाई पनि लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार विर्तामोड–३ मा सञ्चालनमा रहेको गोपाल एग्रोभेटका सञ्चालक ३० वर्षीय गोपाल गौतमलाई २२ ग्राम लागू औषध (ब्राउनसुगर) सहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै मेचीनगरपालिका–१३ स्थित इलाम रोडबाट आठ दशमलव पाँच ग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१० निवासी १८ वर्षीय विशाल लिम्बू र वडा नं १२ निवासी २३ वर्षीय राजन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । लागू औषध कारोबारमा संलग्न उनीहरुले चलाएको मे ४ प ७७२६ नंको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

विर्तामोड नगरपालिका–१ अदुवा खोला छेउबाट लागू औषधको कारोबार गरिरहेका तीन जनालाई शनिबार साँझ इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले लागू औषध (ब्राउनसुगर) बिक्री गर्दागर्दै तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए । पक्राउ पर्नेमा सन्दीप धिमाल, आकाश राई र आशिष राई रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

पछिल्लो समय झापामा लागू औषध कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । सोही क्रममा प्रहरीले एकै दिन जिल्लाका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार