निकोसेरा घटना : हत्यापछि आत्महत्याको आशंका

उज्यालो प्रतिनिधि २८ भाद्र २०७७, आईतवार समाचार

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एकै परिवारका श्रीमान्, श्रीमती र छोरा तीनै जना मृत अवस्थामा भेटिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी पसिसर भक्तपुरले अनुसन्धान शुरु गरेका छन् ।

निकोसेरामा भएको घटना र शवको प्रकृति हेर्दा पत्नी ३४ वर्षीया सम्झना अधिकारी र छोरा १५ वर्षीय सुशान्त अधिकारीको धारिलो हतियार प्रहार गरी हत्यापछि ३६ वर्षीय सुदीप अधिकारीले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

शुक्रबार मध्यपुर नगरपालिका–९ निकोसेरामा उनीहरु शंकास्पद अवस्थामा फेला परेका थिए । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार आमा र छोरा दुवैको टाउकोमा गहिरो चोट लागेको देखिएकाले सुदीपले दाउ प्रहार गरी हत्या गरेर आफँले विष सेवन गरेर आत्महत्या गरेको जस्तो देखिन्छ ।

ती अनुसन्धान अधिकृतका अनुसार भित्तामा समेत रगतको छिर्का देखिएको छ । फरेन्सिक विज्ञसहितको टोलीले जाँच गर्दा दुवैको टाउकोमा गहिरो चोट छ भने सुदीपको बाहिरी चोट देखिँदैन। घटनास्थलबाट दाउसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

आमा छोराको शवमा किरासमेत परिसकेकाले ४–५ दिन पहिले नै घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। सुदीपले वान्ता गरेको देखिएकाले उनले विष सेवन गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

भान्सामा रहेका भात, तरकारीलगायत केही खानेकुरामा पनि विषको जस्तो गन्ध आएकाले परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी प्रहरीले गरेको छ । कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

भक्तपुर प्रहरी पसिरसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार शव पोस्टमार्टमका लागि पठाइएकाले घटनाको कारण पोस्टमार्टम रिपोर्टपछि मात्र एकिन हुने आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार