बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान नियन्त्रणमा

उज्यालो प्रतिनिधि २४ भाद्र २०७७, बुधबार समाचार

कञ्चनपुर । कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त घटनामा मुछिएका प्रहरी जवान रोकायालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झिकाउने काम भइरहेको बताए । यही भदौ १४ गतेदेखि बेपत्ता १६ वर्षीया किशोरी पाँच दिनपछि फेला परेको प्रहरीले जनाएको छ ।

“किशोरीलाई यही भदौ १९ गते फेला पारेर सोधपुछ गर्दा केही नबताएपछि उनलाई आफन्तको जिम्मा लगाइएको थियो”, प्रवक्ता थापाले भने, “पछि जबर्जस्तीकरणमा मुद्दा ल्याएपछि सोहीअनुसार अनुसन्धान अघि बढेको छ ।” उनका अनुसार किशोरीले आफूलाई पाँच÷छ जनाको युवा समूहले बन्धक बनाएर बलात्कार गरेको बताएकी छन् । किशोरीको उजुरीका आधारमा बेल्डाँडीका २८ वर्षीय मनमोहनसिंह साउद पक्राउ परेको र अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ । सामूहिक बलात्कृत भएकी युवतीको मेडिकल जाँचपछि सेफहाउसमा राखिएकोे छ ।

यातायात व्यवसायीको लडेर मृत्यु

यहाँका यातायात व्यवसायी भीमदत्त नगरपालिका–२ का केशवदत्त जोशीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले ३५ वर्षीय व्यवसायी जोशीको आफ्नै घरको दुईतले छतबाट लडेर मृत्यु भएको जनाएको छ ।

“मङ्गलबार राति छतबाट लडेर गम्भीर घाइते भएका जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता थापाले भने, “उहाँको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी सिफारिस गरिएको थियो ।” जोशी तत्कालीन पवनदूत यातायात समितिका उपाध्यक्षसमेत रहेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार