मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माण गरौ : मन्त्री गुरुङ

उज्यालो प्रतिनिधि २० भाद्र २०७७, शनिबार समाचार

काठमाण्डौ । महिला, बालबालिकातथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणमा योगदान पु¥याउन सबैलाई आह्वान गर्नु भएको छ ।

मन्त्री गुरुङले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधको घटना बढदै गएकोमा चिन्ता व्यक्तगर्दै त्यसको अन्त्य गर्ने सरकारको अभियानमा साथदिन सबै राजनीतिक दलहरुलाई पनि आग्रह गर्नु भयो । ‘मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औं राष्ट्रियदिवस’को अवसर पारेर शनिबार काठमाडौंमा आयोजित ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले राजनीतिक दल, सबै तहका जनप्रतिनिधिहरुले मानव बेचबिखन हुन नदिनआ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

मन्त्री गुरुङले मानव बेचबिखन लगायतका जघन्यअपराधको घटना हुन नदिने अभियानमा संलग्न सामाजिक अभियन्ताहरुलाई ‘राष्ट्रिय परिचयपत्र’बनाएर सम्मान गर्ने योजना पनि अघि सार्नु भयो । त्यसका लागि आवश्यक नीतिगत निर्णय तत्काल गर्ने उहाँको योजना छ ।

‘समाज रुपान्तरणको अभियानमा लाग्ने, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा उल्लेख्य योगदान पु¥याउनेहरुलाई राज्यले सम्मान गर्नेछ,’मन्त्री गुरुङले भन्नु भयो,‘त्यसका लागि आवश्यक नीतिगत निर्णय तत्काल गरिनेछ ।’ मन्त्री गुरुङले सभ्य, सुसस्कृत समाज निर्माणका लागि पनि मानव बेचबिखन तथा ओसारपसार जस्ता घटना हुन नदिन सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँले उत्पादन र उद्यमशीलताको माध्यामबाट आर्थिक रुपमा सबल बनाई मानव बेचबिखन अन्त्य गर्ने गरी सरकारले सबै स्थानीय तहमा आवश्यक कार्यक्रम अघि बढाउने पनि बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले गरिवी र अशिक्षाका कारण मानव बेचबिखन चुनौतिको रुपमा देखिएको उल्लेख गर्दै ती समस्या समाधानका लागि आवश्यक सबै खालको व्यवस्था गरेर अघि बढन सरकारको ध्यानाकर्षण गराउनु भयो । सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले मानव बेचबिखन जस्ता अपराधिक घटना हुन नदिनठोस योजनाका साथ अघि बढन सरकारलाई सुझाव दिनु भयो ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालय की सचिवयाम कुमारी खतिवडाले रोजगारीको अवसर सृजना गर्दै मानव बेचबिखन तथा ओसारपसार जस्ता अपराधिक घटना हुन नदिन मन्त्रालय लागि परेको बताउनु भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार