नवलपरासी पश्चिममा स्कारपियोको ठक्करबाट एक बालकको मृत्यु

रबिन्द्र यादव १५ भाद्र २०७७, सोमबार समाचार

 नवलपरासी पश्चिम । नवलपरासी पश्चिम बर्दघाटमा सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वी–पश्चिम राजमार्ग अन्तर्गत हेटौडाबाट जन्ती लिएर धनगढी तर्फ जाँदै गरेको से १ च २२३३ नम्बरको स्कारपियो बर्दघाट ४ स्थित सडकमा बाटो काट्ने क्रममा एक बालकलाई ठक्कर दिएको हो ।

ठक्करबाट बारा कलैया घर भई बर्दघाट बस्दै आएका १० वर्षीय सबिन मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीको ठक्करबाट गम्भिर घाईते बालकलाई उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिएपछि अनियन्त्रीत स्कारपियोले विपरित दिशाबाट जादै गरेको लु २९ प १८९३ नम्बरको स्कुटीलाई समेत ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटी चालक र स्कारपियोमा सवार सबै यात्रु सकुुशल रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख हुमनाथ रेग्मीले जानकारी दिए । ठक्कर दिने सवारी प्रहरीको नियन्त्रणमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार