२७ जिल्लामा अझै पुगेन अद्यावधिक नक्सा

उज्यालो प्रतिनिधि २५ श्रावण २०७७, आईतवार समाचार

काठमाडौं । सरकारले गत जेठ ५ गते अद्यावधिक नक्सा जारी गरेपछि नापी विभागले ४० हजार नयाँ नक्सा वितरण गरे पनि दुुर्गम जिल्लामा नक्सा पुुग्न सकेका छैनन् ।

विभागले ६० हजार नयाँ नक्सा छपाइ गरेको र त्यसमध्ये ४० हजार नयाँ नक्सा वितरण गरिसकेको हो । हालसम्म विभागले ५० वटा जिल्लामा नयाँ नक्सा पु¥याइसकेको छ भने बाँकी २७ जिल्लामा अझै नक्सा पुुग्न सकेका छैनन् । दुर्गम जिल्लामा भने कोरोना भाइरस ९कोभिड–१९० र यातायातको असुविधाका कारण पु¥याउने क्रममा रहेको जनाइएको छ ।

विभागले हालसम्म सङ्घीय सरकारका सबै मन्त्रालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सातवटै प्रदेश सरकारका मन्त्रालय, विभाग, ७५३ वटै स्थानीय तहको कार्यालयमा नयाँ नक्सा पु¥याइएको जनाएको छ । त्यसैगरी सबै संवैधानिक निकाय, न्यायालय, त्रिभुवन विश्वविद्यालय, बैङ्क, सुरक्षा निकायमा नयाँ नक्सा पु¥याइएको छ ।

विभागले कतिपय कार्यालयमा विभागका आफ्नै कर्मचारी पुगेर नक्सा वितरण गरेका छन् भने अधिकांश कार्यालयमा भने जिल्लास्थित नापी कार्यालय मार्फत र स्थानीय तह र तिनका वडामा सम्बन्धित प्रदेश सरकार मार्फत नयाँ नक्सा पु¥याइएको जनाएको छ ।

जिल्लास्थित नापी कार्यालय र स्थानीय तह मार्फत वडा कार्यालयमा नयाँ नक्सा पु¥याउन आग्रह गरिएकाले कतैकतै कार्यालयमा भने नयाँ नक्सा पुग्न बाँकी रहेको हुन सक्ने विभागका सूचना अधिकारी एवं निर्देशक दामोदर ढकालले जानकारी दिए ।

सरकारले गत जेठ ५ गते लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित समेटिएको नयाँ नक्सा स्वीकृत गरेको हो ।गोरखापत्र दैनिकबाट

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार