भारतको केरलामा भीषण पहिरो, १५ को मृत्यु, ६० बेपत्ता

उज्यालो प्रतिनिधि २३ श्रावण २०७७, शुक्रबार समाचार

नयाँदिल्ली । भारतको केरला इडुक्की जिल्लामा भीषण पहिरो गएको छ । सो पहिरोमा परी १५ जनाभन्दा बढीको मृत्यु भएको बिबिसीले जनाएको छ ।

पहिरोमा पुरिएर थप ६० जना बेपत्ता छन् । १५ जनाको मृत्यु पुष्टि भइसकेको छ भने ५० जनाको उद्धार गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनामा दुःख प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्रीले मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार दिने घोषणा गरेका छन् ।

पहिरोले पुरेर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको जनाइएको छ । कामदारको आवास भवनलाई पहिरोले क्षतीग्रस्त बताएको जनाइएको छ ।

बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि ५० सदस्यीय एउटा टोली खटिएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारका लागि राजमालामा राष्ट्रिय प्रकोप व्यवस्थापन फौजबाट पनि अर्को टोली खटिएको छ ।

अत्यधिक बर्षाका कारण भारतको केरला क्षेत्रका धेरै ठाउँ प्रभावित भएको छ । कतिपय ठाउँमा बाढी पहिरोले मानवीय क्षति नै गराएको छ भने कतिपय ठाउँमा लाखौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार