पृथ्वीमा फेरि कुनै युद्ध हुनेछैन र हाम्रो देशको सुरक्षा र भविष्य सँधै सुरक्षित हुनेछ : किम जोङ

उज्यालो प्रतिनिधि १३ श्रावण २०७७, मंगलवार समाचार

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले अब कुनै युद्धमा भाग लिन नपर्ने बताएका छन्।

उत्तर कोरियासँग भएको आणविक हतियारले देशको सुरक्षाको ग्यारेन्टी गर्ने धारणा राख्दै किमले उत्तरले युद्ध गर्न नपर्ने धारणा राखेको केसीएनएले जनाएको छ।

उत्तरको सरकारी संचार माध्यम केसीएनएका अनुसार किमले मंगलबार भनेका छन्,‘हाम्रो भरपर्दो र प्रभावकारी आत्मरक्षा हतियारका कारण पृथ्वीमा फेरि कुनै युद्ध हुनेछैन र हाम्रो देशको सुरक्षा र भविष्य सँधै सुरक्षित हुनेछ।’

कोरियाली युद्ध अन्त्य भएको ६७ औं वर्षगाँठको उपलक्ष्यमा पूर्व सैनिकहरू उपस्थित कार्यक्रममा मंगलबार किमले आफ्नो देशसँग भएको आणविक हतियारले विश्वमा आइपर्ने जस्तोसुकै खतरा र सैन्य दबाब तथा साम्राज्यवादी र विरोधी सेनाहरुको खतराबाट सुरक्षित राख्ने विश्वास व्यक्त गरे।

उनले आफ्नो देशमा रहेको आणविक हतियारकै कारण आफूहरु सुरक्षित भएकाले ‘देशको आणविक हतियारलाई पनि धन्यवाद’ भने।

अमेरिका र उत्तर कोरियाबीच विवाद जारी रहँदा किमको पछिल्लो भनाइ आएको हो। अमेरिका र उत्तरबीच सन् २०१८ यता दुईपटक शिखर वार्ता भएको छ।

उक्त वार्तामा किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुवै उपस्थित भएका थिए। उनीहरुबीच भएको सम्झौता अनुसार उत्तरले क्षेप्यास्त्र परीक्षणहरु बन्द गर्नुपर्ने थियो। तर अमेरिकाले उत्तरमाथि लगाएको प्रतिबन्धहरु पूर्ण रुपमा नखोल्ने बताएपछि उत्तरले क्षेप्यास्त्र परीक्षणका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

वार्ताको मध्यस्थकर्ता राष्ट्र दक्षिण कोरियासँग पनि पछिल्लो समय उत्तरको विवाद बढेको छ। सीएनएन

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार