प्रचण्ड–ओलीबीच बोलचाल बन्द !

उज्यालो प्रतिनिधि १३ श्रावण २०७७, मंगलवार समाचार

काठमाडौं । नेकपा भित्र मंगलबार बस्ने पार्टी स्थायी कमिटी बैठक बस्ने/नबस्ने भन्ने बारेमा अन्योल कायमै छ ।

विहान ११ बजे बस्ने पार्टी स्थायी कमिटी बैठक अघि नै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच ‘वान टु वान’ छलफल हुने भएको छ । तर,‘वान टु वान’ बैठकबारे प्रचण्डलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको छैन । प्रचण्डको सचिवालयले बालुवाटार सम्पर्क गरिरहेको भएपनि उताबाट कुनै रेस्पोन्स आएको छैन ।

केही दिनदेखि दुई अध्यक्षले एक अर्कालाई खुलेरै बिरोध गर्न थालेका छन् । जसले गर्दा ओली–प्रचण्डबिच संवाद समेत हुन सकेको छैन । प्रचण्ड–माधव गुटको भेलाले पार्टी स्थायी कमीटी बैठक नरोक्ने र प्रधानमन्त्री बैठकमा नआएपनि बहुमतकै आधारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको बारेमा निर्णय लिने संकेत गरेको छ ।

यद्यपि ओली मात्रै होईन उनी निकट नेताहरु समेत आजको स्थायी कमीटी बैठकमा नजान सक्छन् । त्यसो भएमा बैठकस्थल पार्टी कार्यालय धुम्बाराहीमा हुनेछ । आजै वारपार गर्ने रणनिती बनाएको प्रचण्ड–माधव गुटको लागि बालुवाटारको ढोका बन्द हुने र ओली गुटको बैठक बालुवाटारमा बस्ने समेत बुझिएको छ ।

‘पार्टी स्थायी कमीटी बैठक दुईतिर बस्ने पनि हुनसक्छ’–नेकपाका एक नेता भन्छन्–‘ओलीजीले पार्टी फुटाईसक्नु भएको छ,अब मिलेर बैठक बस्ने र पार्टीको निर्णय मान्ने वा पार्टी बिघटन गर्ने उहाँकै हातमा छ ।’

पार्टी बैठक चलिरहँदा निर्बाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता हुनु र प्रचण्ड–माधव गुटलाई भारतीय दलाल जस्तो आरोप लगाउनुले ओलीको विश्वास गर्न नसकिएको पूर्व माओवादी नेताहरुको बुझाई छ । यदि आजको बैठकमा ओली र प्रचण्ड संगै देखिएनन् वा अहिले नै प्रचण्डलाई बालुवाटार बोलाईएन भने पार्टी विभाजनतर्फ जाने निश्चित भएको पूर्व एमालेका एक नेताले दावी गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार