कोरोना महामारीको अहिलेसम्मकै गम्भीर आपत्कालीन संकट : डब्ल्युएचओ

उज्यालो प्रतिनिधि १३ श्रावण २०७७, मंगलवार समाचार

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको महामारी विश्वभर अहिलेसम्मकै गम्भीर आपत्कालीन संकट भएको चेतावनी दिएको छ ।

कोरोना महामारीको चपेटामा परेर ज्यान गुमाउनेको संख्या ६ लाख ५० हजार नाघेपछि डब्ल्युएचओले उक्त चेतावनी दिएको हो ।

विश्वभर जनवरी ३० मा स्वास्थ्य आपतकालको घोषणा गर्दा चीनबाहिर एकसय जनामा पनि कोरोना संक्रमण नदेखिएको तथा कसैको मृत्यु नभएको डब्ल्युएचओले स्मरण गराएको छ ।

तर, यो अवधिमा मृतक मात्रै ६ लाख ५० नाघ्नु र संक्रमित संख्या १ करोड ६६ लाखभन्दा बढी पुग्नुले खराब अवस्थालाई चित्रित गरेको डब्ल्युएचओका प्रमुख डा.टेड्रोस अडानोम गेबेरियससले बताए ।

‘कोरोनाले संसारलाई परिवर्तन गराइदिएको छ । यसले व्यक्ति, समुदाय र राष्ट्रलाई नै एकसाथ अलग्याईदिएको छ,’ डा.गेबेरियससले भने, ‘पछिल्लो ६ हप्तामा त अझ संक्रमित संख्या दोब्बरले बढेको छ, जुन चिन्ताको विषय हो ।’

जेनेभामा सोमबार प्रेस ब्रिफिङका क्रममा गबेरियससले लामो समयको लकडाउन कोरोनाको जोखिमबाट जोगिन उपाय नभए पनि मास्कको प्रयोगसँगै सरसफाइ र सेनिटाइजर प्रयोगमा पनि पर्याप्त ध्यान नदिइएकोमा चिन्ता व्यक्त गरे ।

यसअघि जिका भाइरस, स्वाइन फ्लू, पोलियो र इबोलामा पनि स्वास्थ्य संकटकाल लगाइएको भए पनि यो स्तरको नभएको ठहर गरेको उसले यसबारे यसै साता आपत्कालिन समितिले समिक्षा गर्न लागेकोसमेत उनले जानकारी दिए ।

यसैबीच अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाबाट संक्रमित हुने उनी अहिलेसम्मका सबैभन्दा शीर्ष अमेरिकी अधिकारी हुन्।

कोरोना संक्रमणको ‘हटस्पट’ अहिले अमेरिका छ। विश्वभरका कोरोना संक्रमितमध्ये करिब २० प्रतिशत अमेरिकामा छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार