झापा । प्रदेश १ मा सोमबार झापा, मोरङ, पाँचथर र धनकुटामा गरि २३ जनामा कोरोना संक्रमण देखिएका छन् । योसँगै संक्रमितहरूको संख्या नाै सय २५ पुगेको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार मोरङको विराटनगर महानगरपालिकामा पाँच महिला, दुई पुरुष, रतुवामाई नगरपालिकामा १२ पुरुष, झापाको बाह्रदशी गाउँपालिकामा दुई पुरुष, पाँचथरको याङवरक गाउँपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकामा एक–एकजना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
हालसम्म सात सय ४७ जना संक्रमित डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ ।






