नेपालको व्यापार घाटामा व्यापक सुधार देखियो

उज्यालो प्रतिनिधि १२ श्रावण २०७७, सोमबार समाचार

काठमाडौँ । कोरोना सङ्क्रमणले जारी बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६र७७ को व्यापार तथ्याङ्क अनुसार नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा दुई खर्ब २१ अर्ब रुपियाँले घटेको हो ।

बढ्दो आयात र निर्यातमा सामान्य मात्र वृद्धि हुँदा उक्लिँदो व्यापार घाटाको ग्राफमा कोरोनाले ‘बे्रक’ लगाइदिएको हो । विभागका अनुसार आव २०७५/७६ मा १३ खर्ब २१ अर्ब रुपियाँ रहेको नेपालको व्यापार घाटा १६.७१ प्रतिशतले घटेर ११ खर्ब ६४ करोड रुपियाँ पुगेको हो ।

विश्व नै बन्दाबन्दीको अवस्थामा रहँदा नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्क घटेको देखिन्छ । समग्र आयात नै १५.६३ प्रतिशतले घटेर समीक्षा अवधिमा ११ खर्ब ९६ अर्ब रुपियाँ पुगेको छ । त्यसको अघिल्लो आवमा नेपालले १४ खर्ब १८ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो ।

आयातमा देखिएको करिब दुई खर्ब २२ अर्ब रुपियाँको अन्तरले नेपालको विदेशी मुद्रा सञ्चिति बढाएको छ । अर्थ मन्त्रालयका अनुसार अहिले नेपालसँग करिब १३ खर्ब रुपियाँको विदेशी मुद्राको सञ्चिति छ । जुन समीक्षा अवधि अनुसार एक वर्षको आयात धान्न पर्याप्त देखिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार