नवलपरासी पश्चिम । पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।
जिल्लाको सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही बस्ने अलाउदिन अन्सारीको १० बर्षिय छोरा आईतवार दिउँसो सोही ठाँउ बस्ने हनिफ मियाँको गोठ पछाडी जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेका थिए।
बालकलाई उपचारको लागी शहिद स्मृती सामुदायिक अस्पताल चौपता लग्दै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।
यसै गरी प्रतापपुर गाउँपालिका २ सोनबर्षा गाउँको खजुरा खोलामा एक वर्षीय बालकको शव फेला परेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






