श्रीमती हत्यामा संलग्न भएको आरोपमा श्रीमान र नन्द पक्राउ

उज्यालो प्रतिनिधि २७ असार २०७७, शनिबार समाचार

सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ मुलगाँउ ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
धर्मदेवी–९ मुलगाउँकी मनमाया जिमी हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान रुद्रबहादुर जिमी र नन्दकुमारी जिमीलाई प्रहरीले नियन्त्रणमा लिएको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राईले जानकारी दिए ।

घरबाट घाँस काट्न गएकी मनमाया भोलिपल्टसम्म नआएपछि स्थानीय र प्रहरीले खोजी गर्दा मुलगाउँ नजिकैको जङ्गलमा शव फेला परेको प्रहरीको भनाइ छ । मनमायाको हत्या आरोप लागेका श्रीमान् रुद्रले नै प्रहरी खबर गरेको प्रहरी कार्यालयका सूचना अधिकारी राईले बताए ।

मुलगाउँ नजिकैको जङ्गलमा मनमायाको शवलाई धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका मनमायाका श्रीमान् र नन्दकुमारीलाई २५ गते नै नियन्त्रण लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राई जानकारी दिए ।रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार