भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’,पीत पत्रकारिता बढ्दै

उज्यालो प्रतिनिधि २७ असार २०७७, शनिबार समाचार

काठमाडाैँ । भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’ नौला होइनन्। यस्ता स्क्यान्डलले पीत पत्रकारिता बढिरहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले गत वर्ष कडा ध्यानाकर्षण गराएको थियो। त्यसले पेसा, सम्बन्धित संस्था र सर्वसाधारण तीनै पक्षलाई हानि पुग्ने अदालतको ठहर थियो। फैसलामा भनिएको थियो– ‘प्रेस स्वतन्त्रता सर्वोच्च त हो, तर त्यो एकतर्फी हुनु हुँदैन।’

‘द वायर’ न्युज पोर्टलले गरेको अपिलमा न्यायाधीशहरू अरुण मि श्र, एमआर शाह र बीआर गवाईको इजलासले उक्त फैसला सुनाएको थियो। ‘द वायर’ का पत्रकारलाई गृहमन्त्री अमित शाहका छोरा जे शाहले मानहानीको मुद्दा हालेका थिए। बीजेपीले सरकारको नेतृत्व गर्न थालेपछि शाहको कम्पनीको कारोबारमा अत्यधिक वृद्धि हुन थालेको भन्ने समाचारमा उनको घोर आपत्ति थियो।

शाह मात्र होइनन्, उनी जस्ता कैयौं हाई प्रोफाइल व्यक्तिका निजी जीवनलाई लिएर पनि भारतीय मिडियाले धेरै स्क्यान्डल फैलाएको पाइन्छ। जसमध्ये शिना बोराको हत्याकाण्ड एक हो। यी युवतीको हत्या आरोप उनकै आमा इन्द्रणी मुखर्जीलाई लाग्यो। इन्द्रणी स्टार टीभीका प्रमुख पिटर मुखर्जीकी पत्नी थिइन्। मुखर्जीको पारिवारिक सम्बन्ध एकदमै जेलिएको थियो। इन्द्रणीले आफ्नो पहिलो पतिबाट छोरी विधि भएको बताएकी थिइन्। विधिको बहिनी शिना र भाइ मिखायल पनि छन् भन्ने थाहा दिइनन्। शिना पिटरको पहिलो पत्नीको छोरा राहुलसँग प्रेम सम्वन्धमा रहेकाले घुमफिरमा जान थालिन्। शिनाले एक दिन पिटरलाई आफू इन्द्रणीको बहिनी नभई छोरी भएको बताइन्। त्यस दिनदेखि उनी गायब भइन्। त्यसपछि भारतीय मिडियाले उनको ‘मर्डर मिस्ट्री’ का कहानी आफू अनुकूल प्रसारण गर्न थाले। टेलिभिजनहरूले निकै आक्रामक ढंगमा मनगढन्ते समाचार प्रस्तुत गरे।

रिपोर्टरले उनीहरूका आफन्त, छिमेकी, पूर्वपति, पत्नी, साथीलगायतकालाई धेरै पछ्याउन थाले। आरोपितको अनुहार बारम्बार देखाइयो। पीडितको व्यक्तिगत परिवारको विवरणमा बारम्बार छलफल चलाइयोे। फरेन्सिक विज्ञलाई स्टुडियोमा बोलाएर प्रश्न सोधियो। पूर्वप्रहरी अधिकारीहरूलाई पनि बोलाएर घटनाको विवरण मागियो। तथ्यमा आधारित रहनुभन्दा मानिसले गरेका कुराकानी र अनुमानलाई समाचारको विषय बनाइयो। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार