बाग्लुङ –बुर्तिवाङ खण्ड अवरुद्ध

उज्यालो प्रतिनिधि २६ असार २०७७, शुक्रबार समाचार

गलकोट । अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बाग्लुङ –बुर्तिवाङ खण्ड गए रातिदेखि अवरुद्ध भएको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको गलकोट–११ का वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए । पहिरोले करिब २५ मिटर सडक पुरेको छ ।

सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रसहित रुकुम तथा रोल्पा पुग्ने सवारी अलपत्र परेका छन् । निरन्तरको वर्षात्का कारण लोकमार्ग खुलाउन समस्या भएको सो नगरपालिकाले जनाएको छ । यस्तै अविरल वर्षसँगै आएको पहिरोले जिल्लाका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार