काठमाडौँ । अमेरिकामा एकैदिन ६१ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।
अमेरिकामा हालसम्म ३२ लाख १९ हजारभन्दा बढी संक्रमितको संख्या पुगेको छ ।
अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख ३५ हजार ८२२ भन्दाबढी संक्रमितको ज्यान गइसकेको छ ।
विहीबारमात्रै ९६० जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।
१४ लाख २६ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १६ हजारको अवस्था गम्भीर रहेको छ ।






