हराएकी बालिका सुनारको शव फेला, दाजु पक्राउ

उज्यालो प्रतिनिधि २५ असार २०७७, बिहीबार समाचार

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बुधबार साँझ स्थानीय खोलामा हराएकी बालिका सुनारको शव फेला परेको बताए । प्रहरीले बालिकालाई कुटपिट गर्दै खोलामा धकेलेको हुनसक्ने आँकलनसहित थप अनुसन्धानका लागि बालिकाका सहोदर दाजु ३४ वर्षीय भरत सुनारलाई नियन्त्रणमा लिएको छ ।

“बालिकासँगै उनीका दाजुसँगै खोलामा नुहाउन गएका थिए ।” उनले भने– “खोज्दै हिँडेका भरतले आवेगमा आएर कुटपिट गर्दै खोलामै धकेलेको जस्तो देखिन्छ ।” उनले घटनाको विस्तृत अनुसन्धान भइरहेको र बालिकाको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको जानकारी दिए । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार