कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

उज्यालो प्रतिनिधि २५ असार २०७७, बिहीबार समाचार

दमौली । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ खैरेनीटारका ३७ वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विकलाई बुधबार म्याग्दे गाउँपालिका–३ स्थित धयरेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा निज विकलाई जिल्ला अदालत तनहुँले विसं २०६७ कात्तिक १३ गते छ वर्ष कैद र रु ४५ हजार जरिवानाको फैसला सुनाएको थियो । विकलाई जिल्ला अदालत पेश गरिएकामा बाँकी रहेको छ वर्ष कैद तथा तोकिएको जरिवाना भुक्तानीका लागि बुधबार नै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार