ओलीले पार्टी ढाल्ने, प्रचण्ड-नेपालले सरकार ढाल्ने !

उज्यालो प्रतिनिधि १९ असार २०७७, शुक्रबार समाचार

काठमाडौं । पार्टी भित्रको विवाद सतहमा आएपछि एक्कासी प्रधानमन्त्री ओली आक्रामक बनेका छन् ।

विहीवार मात्रै आकस्मिक रुपमा संसद अधिवेशन अन्त्य गराएका ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउने हुन् की भन्ने अड्कलबाजी गरिएको छ । प्रधानमन्त्रीको कार्यशैली बेठीक भएको भन्दै पार्टीका अर्का अध्यक्ष प्रचण्ड समेत शिर्ष नेताहरुको छुट्टै भेलाले उनको राजीनामा माग्ने निर्णय गरेको थियो । ओलीको राजीनामा मागिएकोप्रती असन्तुष्टि जनाउँदै उनका समर्थकले जुलु्स निकालेर ओली हटाउन पाईंदैन भनिरहेका छन् ।

ओलीको फोटोसहितको ब्यानर बोकेर भारत र प्रचण्डको विरोध गर्दै ओली समर्थकहरु माईतीघर पुगेपछि पार्टीमा झन् ठुलो तरङ्ग पैदा भएको भन्दै नेकपाका एक नेता भन्छन्, ‘अब सरकारको कुरा मात्रै होईन, पार्टी नै एक रहने अवस्था करीब अन्त्य भैसक्यो ।’

केहि नेताहरुले सरकार ढाल्न र पार्टी फुटाउन ओली आफैं कस्सिएको आरोप पनि लगाएका छन् ।

यतिबेला प्रचण्ड, नेपाल, झलनाथ खनाल लगायत नेताहरु ओलीको विरुद्धमा छन् । पार्टी विवाद र प्रधानमन्त्रीको राजीनामाबारे नेकपाका अर्का नेता भन्छन्, ‘पार्टीमा यस्तो सलह पस्यो की एक हप्तामा पुरै स्वाहा बनायो, अब पलाउने आशा कमै देखिन्छ ।’

नेकपाका नेता जस्तै कार्यकर्तापनि दुई समूहमा विभाजित छन् । एकाथरीले प्रचण्डले सरकार ढाल्न खोजेको भनेका छन् भने अर्काथरीले ओली आफैंले सरकार ढालेर अगाडी बढ्न खोजेको आरोप लगाएका छन् ।

‘यतिबेला सरकार की प्रचण्डले ढाल्ने हो की ओलीले,’ एक नेता भन्छन्, ‘विपक्षीको त ताकत पनि छैन र सरकार ढाल्न लागेको पनि देखिन्न ।’

सामाजिक सञ्जालमा कतिपय नेता कार्यकर्ताहरुले ओलीले पार्टी ढाल्ने र प्रचण्डले सरकार ढाल्ने कामको नेतृत्व गरिरहेको भन्दै इतिहासले नेताद्वयलाई माफ नगर्ने टिप्पणी गरेका छन् ।

यो अवस्थामा प्रचण्ड वा ओली जसले सरकार ढाल्न खोजेपनि कारबाही गरिनुपर्ने माग पनि नेकपामा उठेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार