आठ लाख बराबरको दुई सय फाइबर ग्लास डस्टबिन हस्तान्तरण

उज्यालो प्रतिनिधि ११ असार २०७७, बिहीबार समाचार

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा रु आठ लाख बराबरको दुई सय फाइबर ग्लास डस्टबिन आज हस्तान्तरण भएको छ । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजना तथा ग्लोबल आइएमई बैँक मुर्गिया शाखा, तिनाउ मिसन डेभलपमेण्ट बैैँक लिमिटेड मुर्गिया शाखा, शाइन रेसुङ्गा डेभलपमेण्ट बैँक लिमिटेड मुर्गिया शाखा र मुुक्तिनाथ विकास बैँक लिमिटेड कलौनी शाखाको आर्सहयोगमा डस्टबिन हस्तान्तरण गरिएको हो ।
सो अवसरमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले धमिलो पानी आउने समस्याको विकल्प खोजी समाधान गर्नुपर्ने बताए । सामाजिक उत्तरदायित्व बहन गरी नगरपालिकाको सामुुुदायिक सरसफाइमा जोड दिँदै बैँकहरुका तर्फबाट रु तीन लाख ६० हजार र मुर्गिया खानेपानीका तर्पmबाट रु चार लाख ४० हजार गरी रु आठ लाख बराबरको डस्टबिन हस्तान्तरण गरिएको थियो ।

मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले वर्तमान समयमा सरसफाइको दायरा फराकिलो बनाउने उद्देश्यले बैँकसँग सहकार्य गरी डस्टबिन हस्तान्तरण गरेको संस्थाका अध्यक्ष शालिकराम भण्डारीले बताए । बैँकका तर्फबाट मुक्तिनाथ विकास बैँक लिमिटेडका क्षेत्रीय प्रबन्धक गोविद अधिकारी र ग्लोबल आइएमई बैँक लिमिटेड मुर्गिया शाखाका प्रबन्धक पदमराज पोखरेलले बैँकहरुले आथिक विकाससँगै सामाजिक विकासको उत्तरदायित्व बहन गरिरहेको बताए ।
निर्माण गरिएका फाइबर ग्लास डस्टबिन लोकमार्गको दायाँबायाँ रामबस्तीदेखि कालिकाचोकसम्म विद्युतीय खम्बामा राखिनेछ । लोकमार्गका उत्तरदक्षिण सैनामैना नगरपालिकाको मापदण्डानुसार बनेका कालोपत्रे बाटामा समेत डस्टबिन राखिने भएको छ । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार