काठमाण्डौ । प्रधानमन्त्री केपि शर्मा ओलीले अहिलेको सरकार कसैको लहैलहैमा नकुदेको बताएका छन ।
विनियोजन विधेयक–२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
“अहिले सरकार लहैलहैमा कुददैन,जे राष्ट्रको हितमा छ ,जे राष्ट्रको पक्षमा हुन्छ,जे देशको सार्भभौमसत्ता,स्वाधिनता,भौगोलिक अखण्डता ,राष्ट्रिय हित र स्वाभिमानको पक्षमा हुन्छ त्यसमा अध्ययन गरेर हेरेर जानिबुझीकन कुनै आग्रह बस हैन कुनै पुर्वाग्रहबस हैन अध्ययन गरेर हेरेर त्यसमा निष्कर्षमा पुग्छ र जे निष्कर्षमा पुग्छ ,त्यसमा दृढताका साथ अभिन्छ । ” उनले भने ।
देश संकटमा परेको बेला कसैले भ्रष्टाचार र अनियमितता गर्न भने त्यो सैह्य नहुने पटक पटक बताउँदै आएको बताएका छन ।






