लकडाउन : भारतको गुजरात राज्यमा मात्रै कम्तीमा ३० हजार बिवाह स्थगित

उज्यालो प्रतिनिधि १५ जेष्ठ २०७७, बिहीबार समाचार

एजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार बिवाह स्थगित गरिएका छन् । कोरोनाको सङ्क्रमण फैलिन लागेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले उनीहरुको बिवाह स्थगित भएको हो ।

पछिल्लो दुई महिनामा मात्रै यती धेरै बैवाहिक कार्यक्रम स्थगित भएको बैवाहिक कारोबार गराउने संस्थाहरुले जनाएका छन् । ‘गुजरात प्रदेशभरीमा मात्रै पछिल्लो दुई महिनामा मात्रै कम्तीमा तीस हजार बिवाह स्थगित भएका छन्’ होटल तथा रेस्टुरेन्ट एसोसिएसन गुजरातका प्रवक्ताले भने ।

प्रवक्ता अभिजित देशमुखका अनुसार मार्च र अप्रिल नै बिवाहका धेरै कार्यक्रम हुने महिना भएपनि धेरै बिवाह स्थगित भएका छन् । तर कतिपय युवा युवतीले भने सरकारको मापदण्डलाई पालना गर्दै यस अवधिमा पनि विवाह गरेका छन् ।

सरकारले ५० जना मात्रै मानिस सहभागी गराएमा र आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाएमा मात्रै बैवाहिक कार्यक्रम गर्न दिने व्यवस्था गरेको छ । सरकारले यही १८ मे देखि लकडाउनलाई केही खुकुलो बनाएको भएपनि बैवाहिक कार्यक्रमका लागि भने गाह्रो नै रहेको व्यवसायीहरुको भनाई छ ।

‘मानिसहरुले अहिले धमाधम बैबाहिक कार्यक्रम स्थगित गर्दै अर्को लगनको समयको प्रतिक्षा गरेका छन्, अव डिसेम्बर र जनवरीमा मात्रै बिवाह हुनसक्ने देखिएको छ’ एक व्यवसायीले भने । सरकारले लागू गरेको मापदण्ड पुरा गरेर मात्रै बिवाह गर्न निकै कम जोडीले मात्रै गरेका छन् । अति बाध्यात्मक अवस्थामा रहेका बाहेक अधिकांशले प्रतिक्षा नै गरेको पाइएको छ ।

आफ्नो विवाहको फोटो र भिडियोमा मुखमा मास्क लगाएको, हातमा पञ्जा लगाएको र आफन्तहरुको न्युन सहभागीता भएको कसले चाहन्छ र रु त्यसैले अत्यावश्यक बाध्यता परेका बाहेक अन्यले प्रतिक्षा गरेको हुनसक्ने बैवाहिक कार्यक्रम गराउने व्यवसायीहरुको भनाई छ । –पिटिआई

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार