प्युटार आश्राङमा फौजी किराको प्रकोप, कृषकको खेतबारी मै गएर नियन्त्रण गर्दै गाउँपालिका

उज्यालो प्रतिनिधि १२ जेष्ठ २०७७, सोमबार फोटो समाचार

प्रकाश थिङ,ललितपुर । जिल्लाको वागमती गाँउपालिका वडा नं ४ प्युटार र वडा नं ६ आश्राङमा अमेरीकन फौजी कीराको प्रकोप देखिन थालेको छ । गाँउपालिकाले कृषककै खेत बारीमा गएर यो किराको व्यवस्थापन गर्न तयारी भइरहेको बागमती कृषि विकास शाखा अधिकृत सुवास खनालले बताएका छन।

यो किरा बालीका लागि निकै हानिकारक हुने गरेको छ । बालीमा क्षति पुर्‍याउने कीराको लार्भाले हो । फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ । मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ ।

 

खेतवारीको नियमित अवलोकन गर्दै सामुहिक रुपमा लाग्नुपर्ने देखिन्छ व्यवस्थापनको लागि रातको समयमा मकै बारीमा पात पतिङ्गर जम्मा गरेर आगो वाल्नाले त्यसका पुतली आगोमा आकर्षित भएर मर्छन् । विषादी प्रयोग गर्दा सुरक्षित मानिएका स्पाइनोस्याड ०.३ एम एल प्रति लिटर पानीमा मिसाइ छर्ने वा स्पाइनेटोराम/ डेलिगेड ०.४ एम एल प्रति लिटर पानीमा मिसाइ छर्ने वा क्लोरएन्ट्रानिलीप्रोल वा अल्कोरा / कोराजीन ०.४ एम एल प्रति लिटर पानीमा मिसाइ छर्ने वा इमामेक्टिन बेन्जोइड ०.४ ग्राम प्रति लिटर पानीमा मिसाइ छर्दा प्रभावकारी रुपमा नियन्त्रण भइको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार