काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
एक नेताका अनुसार बैठकमा स्थायी कमिटि बैठकको मिति तय गर्ने सम्बन्धमा छलफल हुनेछ ।
नेकपाले वैशाख ३१ गते बोलाएको स्थायी कमिटी बैठक स्थगित भएपछिको अवस्थाका बारेमा सचिवालय बैठकमा छलफल हुने ती नेताले बताए । यसअघि वैशाख २५ गते बोलाइएको स्थायी कमिटी बैठक पनि वैशाख २४ गते स्थगित गरिएको थियो ।






