सीमा विवाद बारे राजनीतिक र कूटनीतिक तहमा पहल थाल्न प्रचण्डको सुझाव

उज्यालो प्रतिनिधि २८ बैशाख २०७७, आईतवार समाचार

काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले सीमा विवाद कूटनीतिक ढंगबाट समाधान गर्न नचाहेमा नेपालले त्यसभन्दा अगाडि कस्तो बाटो अपनाउने हो भन्ने निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको अन्तराष्ट्रिय सम्बन्ध समिति बैठकमा उनले सकेसम्म कूटनीतिक र उच्च राजनीतिक तहबाट समस्या समाधान हुनुपर्नेमा जोड दिए । भारतले लिपुलेक भएर चीन जाने सडक निर्माण गरेसँगै सीमा विवादमा चीन पनि जोडिन आइपुगेको प्रचण्डको भनाई छ ।

यो समस्या समाधानमा तीनवटै देशको समझदारी हुनुपर्ने भन्दै उनले लिपुलेकलाई त्रिदेशीय व्यापारिक नाका बनाउन सकिने धारणा पनि राखेका छन् । भारतले विगतदेखि नै लिपुलेक, लिम्पियाधुरा रा कालालापानी आफ्नो नक्सामा राख्दै आएकोमा सुगौली सन्धियता नेपालमा रहेको भूमागलाई फिर्ता ल्याउन पहल हुनुपर्ने उनको भनाई छ ।

उनले भारतले नेपाली भूमिमा सडक निर्माण गरेको र रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विवाद गम्भीर मोडमा गएकोले राजनीतिक र कूटनीतिक तहमा पहल थाल्न सुझाव दिएको बताए ।

यस्तै, सीमामा कहिले कसले कति गल्ती गरे भन्नेबारेमा समीक्षा हुनुपर्ने पनि उनले बताए । अहिलेसम्मका सरकारहरूले के गरे भन्ने समीक्षा गर्ने बेला आएको उनको भनाई छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार