आइतबार र सोमबार राजधानीका केही स्थानमा विद्युत् सेवा कटौती हुने

उज्यालो प्रतिनिधि २७ बैशाख २०७७, शनिबार समाचार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आइतबार र सोमबार राजधानीका केही स्थानमा विद्युत् सेवा कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार कार्यका लागि स्वीचाटार– स्वयम्भु फिडरबाट वितरित लाइन काटिने जनाएको हो ।

ती स्थानको विद्युत् लाइन छुटाइ तथा सितापाइला गोल्छा चोक सँगैको स्विच काटी कार्य गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिए । सो फिडरअन्तर्गत बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा कारखाना, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउरालीलगायतका स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ ।

ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा माग्दै तोकिएको काम समय अगावै सम्पन्न भएको खण्डमा विद्युत् सेवा उपलब्ध हुने जनाएको छ । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार