काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला

उज्यालो प्रतिनिधि २७ बैशाख २०७७, शनिबार १ नं. प्रदेश

झापा । झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक महिनापछि खुलेको हो ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट आज ३० मालवाहक गाडी नेपाल भित्रिएका बताए । उनका अनुसार सीमावर्ती पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जानकारी दिएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति काँकडभिट्टा सुख्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले आज नेपाल प्रवेश गरेका ३० गाडीमध्ये २५ मा कोइला रहेको र अरु पाँच गाडीको सिल खोल्न बाँकी रहेको बताए । उनले २५ मालवाहक गाडी पहिलेदेखि नै भन्सार परिसरमा रहेका जानकारी दिए ।

कोभिड– १९ को सङ्क्रमण फैलिन थालेको जनाउँदै भारतको पश्चिम बङ्गाल सरकारले एकतर्फीरुपमा भन्सार बन्द गरेपछि भारतीय मार्ग हुँदै नेपाल आउने अत्यावश्यक मालसामानको आयात रोकिएको थियो । कोलकत्ता बन्दरगाह र सिलगढीमा नेपाली सामान रोकिएको थियो । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करसमेत विराटनगरको सीमापारि जोगवनी नाकाबाट भित्रिएर झापा आउने गरेका थिए ।

भारतीय भन्सार कार्यालयले नेपालबाट खाली गाडी फर्किन नदिने मौखिक जानकारी दिएको जनाउँदै मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले सामान अनलोड गरेपछि ती गाडी कसरी फर्काउने भन्ने विषयमा अन्योल रहेको बताए । खाली गाडीलाई पानीट्याङ्की नाकाबाट जान नदिने हो भने नेपालबाट पेट्रोलियम पदार्थ लिन जाने खाली ट्याङ्करमा समेत अवरोध पुग्ने उनको भनाइ छ । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार