“भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो”

उज्यालो प्रतिनिधि २७ बैशाख २०७७, शनिबार समाचार

काठमाडौं । भारतले नेपाली भूमी लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा युवा विद्यार्थीले काठमाडौको माइतीघरमा प्रदर्शन गरेका छन् । भारत सरकारको उक्त कदम विरुद्ध प्रदर्शन गर्न माइतीघर पुगेका युवा विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

नाराबाजी गर्दै माइतीघर पुगेका युवालाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो भन्दै नाराबाजी गरेका थिए ।

यस्तै भारतीय दुतावास अगाडी प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई पनि प्रहरीले पक्राउ गरेको छ । लैनचौरमा रहेको दुतावास अगाडी प्लेकार्ड सहित प्रदर्शन गर्न पुगेका सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार