दशगजा क्षेत्रमा रोकिएका नेपालीलाई स्वदेश भित्र्याउन प्रधानमन्त्री अनिच्छुक

उज्यालो प्रतिनिधि २७ बैशाख २०७७, शनिबार समाचार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय दशगजा क्षेत्रमा रोकिएका नेपालीलाई स्वदेश भित्र्याउन अनिच्छुक देखिएका छन् । प्रदेश सरकार, सुरक्षा निकाय र स्थानीय प्रशासनले सीमापारि दशगजामा रोकिएका आफ्ना नागरिकलाई स्वास्थ्य सावधानी अपनाएर प्रवेश गर्न दिन सुझाव दिएका थिए । तर प्रधानमन्त्री, रक्षामन्त्री र गृहमन्त्री यसमा सहमत हुन नसकेको स्रोतले जनाएको छ ।

प्रदेश १, २ र ५ स्थित चारवटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयहरुले दशगजामा रोकिएका नेपालीलाई परीक्षण र सुरक्षित क्वारेन्टाइन बसाइको व्यवस्था गरेर स्वदेश ल्याउनुपर्ने सुझाव दिएका थिए । यो सुझाव उच्चस्तरीय समन्वय समिति, क्राइसिस म्यानेजमेन्ट सेन्टर र मन्त्रिपरिषद्सम्मै पुगेको छ । स्रोतका अनुसार २४ गतेको मन्त्रिपरिषद् र २३ गतेको उच्चस्तरीय समन्वय समितिको बैठकमा अर्थमन्त्री युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पनि सिमानामा रोकिएकालाई सुरक्षित रूपमा स्वदेश फर्काउनुपर्ने धारणा राखेका थिए । तर प्रधानमन्त्री ओली ‘अहिले कुनै पनि हालतमा उनीहरुलाई ल्याउन नसकिने’ भन्दै पन्छिएको स्रोतले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापाले सिमानाबाट नेपालतर्फ ५ किमि दूरीमा आवतजावत नियन्त्रणका लागि सेनाको गस्ती परिचालन गर्ने निर्णय गरिसकेका छन् । सीमापारि रोकिएका नेपालीलाई आउन नदिएपछि पारिबाट सरकारविरुद्ध नाराबाजी पनि हुन थालेको सीमावर्ती क्षेत्रमा खटिएका एक सुरक्षा अधिकारीले बताए । नेपालमा खेतीपाती र भारतमा घरबार भएकाले पनि सीमाबाट आउजाउ माग्दै सुरक्षाकर्मीलाई ढुंगामुुढा हान्ने क्रम पनि बढ्दै गएको छ । बिहीबारसम्म १३ स्थानमा सुरक्षाकर्मीलाई लक्ष्य गरी आक्रमणका प्रयास भइसकेका छन् । सरकारले उनीहरुलाई कुनै पनि हालतमा नेपाल प्रवेश गर्न नदिन निर्देशन दिएको छ । कान्तिपुर दैनिकबाट

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार