भारतमा क्वारेन्टाईनसम्वन्धी नियम पालना नगर्नेहरुलाई सरकारले कडा कारबाही गर्ने

उज्यालो प्रतिनिधि २२ बैशाख २०७७, सोमबार प्रवास

एजेन्सी । क्वारेन्टाइनमा बसेकाहरुलाई नियम कार्यान्वयनका लागि भारतको ओडिसा प्रदेशले थप कडाई गर्न लागेको छ । ओडिसाका मुख्यमन्त्री नविन पटनायकले क्यारेन्टाइनमा बसेकाहरूलाई नियम तथा मापदण्डहरुलाई कडाईका साथ पालना गर्न आग्रह गरेका छन् ।

उनले सोमबार भने, ‘देशका विभिन्न ठाउँबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखिएको र उनीहरूले क्यारेन्टाइनसम्वन्धी नियमहरू कडाईसाथ पालना गर्नु पर्नेछ ।’ उनले क्वारेन्टाईनसम्वन्धी नियमलाई पूर्ण रुपमा पालना नगर्नेहरुलाई सरकारले कडा कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा श्रीङ्खलावद्ध रूपमा उनले लेखेका छन्, ‘ओडिसाका नागरिक विभिन्न राज्यबाट यहाँ आउनु भएको छ, अहिले तपाईंहरू क्वारेन्टाईनमा बस्नु भएको छ, त्यहाँ बस्दा क्वारेन्टाइनसम्वन्धी नियम कडाईसाथ पालना गर्नुहोला ।’

कोरोनाभाइरसको सङ्क्रमण ओडिसामा अहिलेसम्म नियन्त्रित अवस्थामै रहेकाले क्यारेन्टाइनमा बसेकाहरुले राम्रोसँग नियम कार्यान्वयन गरेमा थप फैलिन नपाउने विश्वास पनि उनले व्यक्त गरेका छन् । मुख्यमन्त्री पटनायकले अगाडि लेखेका छन्, ‘तपाइँहरुले आफ्नो जीवन रक्षा र परिवारका लागि पनि क्वारेन्टाईनसम्वन्धी नियमहरुलाई कडाईका साथ पालना गर्नुपर्दछ ।’

क्वारेन्टाइनको नियम पालना नगर्ने वा उल्लङ्घन गर्नेहरुका बारेमा तत्काल स्थानीय प्रशासनलाई जानकारी गराउन सार्वजनिक अपिल पनि उनले गरेका छन् । सरकारको आग्रहलाई वेवास्ता गरी नियम उल्लङ्घन गर्नेलाई सरकारले माफी दिन नसक्ने र कडा कारबाही गर्ने उनले चेतावनी दिएका छन् ।

ओडिसाको अवस्था अहिलेसम्म नियन्त्रित नै रहेकाले दशौँ लाख मानिसहरुले दिउँसो र बेलुका काम गर्न पाएको पनि मुख्यमन्त्री पटनायकले उल्लेख गरेका छन् । उनले एक जनाले पनि लापर्वाही गर्दा अरु धेरैलाई असर पर्ने तर्फ पनि सबैको ध्यानाकर्षण गराएका छन् । आफ्नो राज्यका नागरिकको जीवन रक्षाका लागि सरकारले यससम्बन्धी सवै नियमलाई कडाइका साथ कार्यान्वयन गराउने अठोट उनले व्यक्त गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार