भियतनामका २ करोड विद्यार्थीहरु आजदेखि कक्षा कोठामा फर्किए

उज्यालो प्रतिनिधि २२ बैशाख २०७७, सोमबार प्रवास

एजेन्सी । कोभिड–१९ को संक्रमण नियन्त्रण गर्नका लागि विगत तीन महिनादेखि बन्द भियतनामका विद्यालयहरु पुनः सञ्चालनमा आएका छन् । भियतनाम समाचार एजेन्सीका अनुसार देशका लगभग २ करोड विद्यार्थीहरु आजदेखि कक्षा कोठामा फर्किएका हुन् ।

६३ प्रान्तमध्ये १८ प्रान्त र केन्द्रद्वारा सञ्चालित सहरहरुले आजदेखि विद्यालय सञ्चालनमा ल्याएका छन् भने ३० अन्यले प्राइमेरी स्कुल र किन्डरगार्टन्सलाई सञ्चालनमा ल्याएका छन् । त्यहाँ माध्यमिक तहका विद्यार्थीहरु अप्रिल अन्त्यदेखि नै विद्यालय जान थालिसकेका थिए ।

हानोइ र हो चि मिन्ह सहरलगात अन्य १० सहरले प्राइमेरी र किन्डरगार्टन्सलाई केही समयपछि सञ्चान गर्नेछ ।

भियतनाम समाचार एजेन्सीका अनुसार धेरै विद्यालयहरुले कक्षाकोठामा सामाजिक दुरी कायम गर्दै बेञ्चहरु मिलाएर राखिएका छन् भने कतिले कक्षाकोठामा विद्यार्थीको संख्या घटाएर विभिन्न समूहमा विभाजन गरेका छन् । यद्यपि, शिक्षक र कक्षा कोठाको अभावमा धेरै विद्यालयहरुलाई सामाजिक दुरी कायम गर्नका लागि अप्ठ्यारो भइरहेको पनि समाचारमा उल्लेख गरिएको छ ।

केही विद्यालयले कक्षाको तालिका परिवर्तन गर्दै इन्टरनेट र टेलिभिजनको माध्यमबाट पढाउन जारी राखेका छन् ।

स्रोतः सीएनएन

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार