जापानमा लगाइएको आपतकाललाई मे महिनाको अन्त्यसम्म बढाउने सक्ने

उज्यालो प्रतिनिधि २२ बैशाख २०७७, सोमबार प्रवास

एजेन्सी । जापानको सरकारले देशमा लगाइएको आपतकाललाई मे महिनाको अन्त्यसम्म बढाउने सक्ने सम्भावना छ ।

जापानको सार्वजनिक प्रसारणकर्ता एनएचकेका अनुसार प्रधानमन्त्री शिन्जो आबेले यसबारे सोमबार घोषणा गर्दैछन् ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार जापान सरकारले कोरोना भाइरसको रोकथामका लागि नयाँ प्रकारको प्रतिबन्ध र उपायबारे घोषणा गर्दैछन् ।

जापानमा हालसम्म कोभिड–१९ का कारण ५ सय बढीको मृत्यु भइसकेको छ भने करिब १५ हजार यो भाइरसद्वारा संक्रमित छन् ।

एनएचकेका अनुसार प्रधानमन्त्री आबे सोमबार आपतकाल बढाउनुको कारणबारे पनि चर्चा गर्नेछन् ।

जापान सरकारले अप्रिल ७ मा टोकियो र अन्य विभिन्न प्रान्तमा ६ मे सम्म आपतकालको घोषणा गरेको थियो जसलाई संक्रमण फैलिएपछि देशव्यापी बनाइएको थियो ।

यद्यपि, सरकारले अपेक्षाकृत कम जोखिमयुक्त स्थान पुनः खोल्नेबारे पनि घोषणा गर्नसक्ने अनुमान गरिएको छ ।

कोरोना महामारीका कारण ठप्प भएको व्यावसायिक गतिविधिका कारण संसारको सबैभन्दा तेस्रो ठूलो अर्थव्यवस्था जापानमा आर्थिक मन्दीको खतरा देखिन थालेको छ ।

गत हप्ता जापानका संसदले १.१ ट्रिलियन डलरको एक रेकर्ड प्रोत्साहन प्याकेजलाई अनुमती दिएको थियो ।

स्रोतः बीबीसी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार