एजेन्सी । विश्व कोरोना प्रकोपसँग जुझिरहेको समयमा मध्येपूर्वको एउटा मुलुक लेबनान भने आर्थिक संकटसँग जुझिरहेको छ ।
यो संकटले लेबनानलाई भोकमरीको बाटोतर्फ लग्दैछ र यसकौ कारण धेरै संख्यामा मानिसहरु सकडमा ओर्लिरहेका छन् ।
वास्तवमा लेवनानको यो संकट कोरोनाको प्रकोपभन्दा अघिदेखि नै थियो । अक्टोबरमा लाखौं मानिसहरुले सरकार विरोधी प्रदर्शनहरु गरेका थिए । जसकारण साद अल हरीरीको सरकारले पदबाट राजीनामा दिनु परेको थियो ।
तर जसो गर्दा पनि राजनीति सुध्रिएन र नयाँ सरकारबाट पनि नागरिक सन्तुष्ट भएनन् । पहिलेदेखि नै संकटग्रस्त लेबनान अहिले कोरोनाका कारण थप प्रताडित भएको छ ।
मानिसहरुसँग पैसा छैन, कोरोनाको कारण व्यवसायहरु ठप्प छन् र रोजगार पनि गुमेको अवस्था छ ।
कोरोनाको मामिलाको कुरा गर्दा त्यहाँ त्यति धेरै मामिला देखा परेको छैन । ताजा रिपोर्टको अनुसार त्यहाँ संक्रमण ममिला ७१७ ओटा दर्ता भएका छन् भने २४ जनाले ज्यान गुमाएका छन् ।
यहाँ धेरै संख्यामा मानिसहरुको रोजगारी गुमेको छ । र धेरैको तलब ३० प्रतिशतले कटौती भएको छ ।
नागरिकहरुको अनुसार उनीहरु कार्यरत कम्पनीहरुले पनि पहिले प्रदर्शनहरुको कारण देखाउँदै तलब कटौती गरे र पछि कामबाट उनीहरुलाई निकाल्न थाले ।
अहिले लेबनानमा धेरै युवाहरुलाई रोजीरोटीकै समस्या छ ।
मार्चमा लेबनान सरकारले पनि अन्य देशले झै लकडाउनको घोषणा गर्यो । पहिले देखि नै सरकारसँग असन्तुष्ट जनता थप रुष्ट भए ।
पछिल्लो हप्ताको शुक्रबार लेबनान सरकारले देशको अर्थव्यवस्थालाई खोल्नका लागि पाँच चरणको घोषणा गर्यो । त्यसपछि मानिसहरुको धैर्यताको बाँध टुट्यो । अहिले घरभित्र लकडाउनका कारण थुनिएका युवाहरु सबै कुरा वेवास्ता गर्दै सडकमा उत्रिन थालेका छन् ।
त्यहाँको प्रदर्शनहरुले निकै हिंस्रक रुप लिन थालेको छ । मानिस बैंकमा हमला गर्न थालेका छन्, नेश्नल हाईवे पनि बन्द भएको छ । सेना र प्रदर्शनकारीहरु बीच पनि झडप भएको छ । बैंकबाट पैसा निकाल्न नसकेपछि एकजना व्याक्ति बैंक भित्र आफैलाई आगो लगाउन प्रयास पनि गरे ।
बैंकले हप्ता ५० डलर मात्र पैसा निकाल्न नयाँ सीमितता लागू गरे पछि मानिसहरु बैंकसँग पनि आक्रोशित छन् ।
अहिले लेबनानी मुद्रा पाउण्डको मूल्य डलरको तुलनामा ६० प्रतिशतले गिरेको छ । यसको मूल्यले आकाश छुन थालेको छ । यो अवस्थालाई देखेर प्रदर्शनकारीहरु थप हिंस्रक भईरहेका छन् । कतिओटा बैंकमा हमला हुनुका साथै एटीएम पनि ध्वस्त भएका छन् ।
तर लेबनानका प्रधानमन्त्री हसन दियाबले यो सबै अवस्थाको जिम्मेवार केन्द्रीय बैंकको गभर्नरलाई ठहराएका छन् । उनले केन्द्रिय बैंकको नीतिका कारण यस्तो अवस्था आएको आरोप लगाउँदै आएका छन् ।
तर हिजबुल्लाह समूले केन्द्रीय बैंक मात्र नभएर यसअघि आएका धेरै सरकारहरुको नीतिको नतिजा भएको अभिव्यक्ति दिएको छ ।






