५१ दिनमा ट्रम्पले २.६० लाख शब्द बोले, ६०० पटक आफैलाई दिए बधाई, पीडितका लागि ४ मिनेट

उज्यालो प्रतिनिधि १७ बैशाख २०७७, बुधबार प्रवास

वासिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अलि धेरै नै बोल्छन् । पछिल्लो समय ह्वाइट हाउसमा कोरोनाबारे जानकारी र धारणा सार्वजनिक गर्नु उनको दिनचर्या नै बनेको छ ।

द न्यूयोर्क टाइम्सका तीन पत्रकारले ट्रम्पलाई ५१ दिनसम्म पछ्याएका छन् । जेरेमी डब्ल्यू पीटर्स, एलैना प्लोट, मैगी हैबरमैनले ट्रम्पको हरेक शब्दको विश्लेषण गरेका हुन् ।

९ मार्चदेखि अहिलेसम्म २.६० लाख शब्द ट्रम्पले बोलिसकेका छन् । यसमध्ये उनले ६०० पटकभन्दा धेरै कोरोना संकटबारे अतिशयोक्तिपूर्ण र भ्रमपूर्ण कुरा गर्दै आफ्नै प्रसंशा गरेका छन् । यसका साथै उनले अरुबाट श्रेय लिने र अरुमाथि आरोप लगाउने कुरामा धेरै शब्द खर्च गरेका छन् ।

पछिल्लो तीन हप्तामा ट्रम्पले करिब १३ घण्टा लामो भाषण दिए । यसक्रममा उनले २ घण्टाभन्दा धेरै अरुलाई आरोप लगाउन समय खर्च गरे । यसपछि उनले ४५ मिनेट आफ्नो प्रसंशामा समय खर्च गरे । आधा घण्टा डेमोक्र्याट्सलाई घेर्न, २५ मिनेट मिडियाको नराम्रो पक्षबारे कुरा गर्न, २१ मिनेट चीनमाथि हमला गर्न र २२ मिनेट गभर्नरको तारिफ र आलोचना गर्न खर्च गरेका हुन् ।

सबैभन्दा महत्वपूर्ण र दुःखद खबर कोरोना भाइरसबारे आयोजना गरिएका १३ घण्टा लामो सम्बोधनहरुमा पीडितका लागि केवल उनले चार मिनेट मात्र समय दिएका छन् ।

ट्रम्पले आफूलाई कोरोनाको महानायकको रुपमा पेश गरेका छन् भने पीडितको पक्षमा सहानुभूतिभन्दा चार गुणा बढी आफ्नो प्रसंशा गरेको पाइएको छ ।

उनले ६०० भन्दा धेरैपटक झूटो दावी गर्दै आफैंले बधाई दिएका छन् ।
४०० पटक गभर्नरबारे बोले ।
३६० पटक अरुबाट श्रेय लिए । १६० पटक सहानुभूति व्यक्त गरे । त्यसमा पनि आफ्नो स्टाफ र आफ्नो प्रसंशा समावेश थियो ।
११० पटक अरुमाथि आरोप लगाए ।
३० पटक अघिल्लो सरकारहरुले अमेरिकाको स्थिति बिगारेको भन्दै दोषी बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार