विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

उज्यालो प्रतिनिधि १४ बैशाख २०७७, आईतवार विश्व

विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

विश्वभरि सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या २८ लाखभन्दा बढी रहेको उसको तथ्याङ्कमा उल्लेख छ।

संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५० हजार नाघेपछि विश्वभरिको पछिल्लो विवरण आएको हो।

अमेरिकामा कोरोनाभाइरसले विश्वका अरू मुलुकमा भन्दा धेरैको ज्यान लिएको छ।

चिनियाँ सरकारकी सञ्चारमाध्यममा अनुसार देशमा कोरोनाभाइरससँग सम्बन्धित पहिलो मृत्यु ज्यानुअरी ११ तारिखमा भएको थियो।

त्यसयता २१० भन्दा बढी देश तथा भूभागमा कोरोनाभाइरससँग सम्बन्धित मृत्युका घटना भएका छन्।

पाँचवटा देशले कोरोनाभाइरसका कारण अहिलेसम्म आ-आफ्नो देशमा २० हजारभन्दा बढी व्यक्तिहरूको ज्यान गएको जनाएका छन्।

संयुक्त राज्य अमेरिका, इटली र स्पेनमा सबैभन्दा बढी मृत्युका घटना देखिएका छन्।

ब्रिटेनको स्वास्थ्य मन्त्रालयले शनिवार घोषणा गरे अनुसार त्यहाँका अस्पतालहरूमा कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या २० हजारभन्दा बढी छ।

गृहमन्त्री प्रिती पटेलले त्यो सङ्ख्यालाई “दुःखद र नराम्रो कोसेढुङ्गा” को सङ्ज्ञा दिएकी छन्।

यूकेको दैनिक तथ्याङ्कमा घर र स्याहार केन्द्रमा हुने मृत्युका घटनालाई नसमेट्ने भएकोले कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या बढी हुने निश्चितप्रायः छ।

स्याहार केन्द्रमा हुने मृत्युलाई पनि समेट्ने गरेको फ्रान्सले शनिवार मृतकको सङ्ख्या ३६९ ले बढेको बताए।

मार्च महिनाको शुरूयता फ्रान्समा कोरोनाभाइरसका कारण २२,६१४ जनाको ज्यान गइसकेको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार अस्पतालहरूमा मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या घट्दो क्रममा छ र अस्पतालका सघन उपचार कक्षमा भर्नाहरूको सङ्ख्या लगातार १७ औँ दिन घट्दो क्रममा देखिएको छ।

पछिल्ला विकासक्रममाः
विश्व स्वास्थ्य सङ्गठनका अनुसार निको भइसकेका व्यक्तिहरूलाई पुनः सङ्क्रमित हुनबाट बचाउन नसकिने हुन सक्छ
न्यूयोर्कका गभर्नरले स्वतन्त्र फार्मेसीहरूलाई कोभिड-१९ को परीक्षण गर्ने जिम्मा दिने बताएका छन्। न्यूयोर्कमा १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ
तस्वीरमार्फत्‌ गरिने यौन दुर्व्यवहारका घटनालाई हेर्ने ब्रिटेनको रिभेन्ज पोर्न हेल्पलाइनका अनुसार लकडाउनका बेला उजुरी गर्ने व्यक्तिहरूको सङ्ख्यामा वृद्धि भएको छ
बेलारुसस्थित एउटा अनाथालयले अपाङ्गता भएका १३ बालबालिका र १० जना कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि सहयोगका लागि सरकारलाई अपील गरेको छ।

यसै हप्ताको शुरूतिर डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड-१९ बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका थिए।

पश्चिम युरोपका धेरैजसो ठाउँमा सङ्क्रमण स्थिर हुन वा घट्न लागेको देखिएको पनि केही देशमा यो बल्ल शुरू हुने अवस्थामा रहेको उनले बताएका थिए।

उनले भने, “केही गल्ती नगरौँ- हामीले अगाडिको धेरै लामो बाटो तय गर्नुछ। भाइरस हामीहरूसँग लामो समयसम्म रहनेछ।”
बिबिसी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार