काठमाडौं । विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् ।
एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो ।
स्वास्थ्य उपसमितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, नेपालबाहेक विश्वभर एक हजार १६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको सो आकडानुसार २१ देशमा रहेका नेपाली कोभिड –१९ बाट संक्रमित रहेको एनआरएन, कोभिड– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
संक्रमित नेपाली कुन देशमा कती ?
अमेरिका करिब ७ सय
बेलायत दुई सय
संयुक्त युएईमा ७१,
आयरल्याण्ड २२
पोर्तुगलमा २२
कुवेतमा २१,
अष्ट्रेलियामा ११
स्पेनमा १०
स्विट्जरल्याण्ड ५
जर्मनी ४
बेल्जियम ४
साउदी अरबमा ४
क्यानडा ३
मलेसिया ३
माल्टामा २
फ्रान्स १
जापान १
म्यान्मा १
हङकङमा १
अनलाइनखबरको सहयोगमा ।






