ट्रम्पको चेतावनी अझै दुई हप्ता पीडादायी र कठिन हुने, दुई लाख बढी अमेरिकीको मृत्यु हुन सक्छ

उज्यालो प्रतिनिधि १९ चैत्र २०७६, बुधबार विश्व

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई हप्ता थप पीडादायी र कठिन हुने चेतावनी दिँदै अत्यधिक सावधानी अपनाउँदा पनि कोरोना भाइरसको संक्रमणका कारण एक लाखदेखि २ लाख ४० हजार अमेरिकीको मृत्यु हुने बताएका छन् । कोरोनालाई आफ्नो देशले निकै सजिलै पराजित गर्न सक्छ भनेर बयान दिँदै आएका ट्रम्पको यो कठोर सन्देश हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफ्ना नागरिकलाई भयावह दिन अझै देख्न बाँकी भएको चेतावनी दिएका छन् ।

‘म प्रत्येक नागरिकलाई थप कठोर दिनका लागि तयार रहन अपिल गर्दछु । आगामी दुई हप्ता हाम्रो लागि असाध्यै गाह्रो समय हुनेछ,’ उनले भने ।

उनले थपे, ‘यो अदृश्य दुश्मनका कारण मानिसहरुको मृत्यु भइरहेको देख्दा असाध्यै धेरै पीडा भइरहेको छ ।’

अमेरिकामा हालसम्म १ लाख ८८ हजार ५ सय २४ जना कोरोनाभाइरसले संक्रमित छन् जसमध्ये ४ हजार ५ सय ७६ को अवस्था गम्भीर बताइएको छ । यहाँ मृत्यु हुनेको संख्या ३ हजार ८ सय ८९ पुगिसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार