भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ९ सय नाघ्यो, २० को ज्यान गयो

उज्यालो प्रतिनिधि १५ चैत्र २०७६, शनिबार प्रवास

काठमाडौं । शनिबार मात्र भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट १५ नयाँ संक्रमित फेला परेसंगै भारतमा संक्रमित हुनेहरुको संख्या ९ सय नाघेको छ । यसअघि शुक्रबार १६० नयाँ संक्रमित देखिएका थिए । शुक्रबार भारतमा एकैदिनमा अहिलेसम्म सबैभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको हो ।भारतमा हालसम्म २० जनाको ज्यान गैसकेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य केरलामा १७६ संक्रमित फेला परेका छन् भने महाराष्ट्रमा संक्रमितको संख्या १६२ पुगेको छ । अहिलेसम्म भारतको २७ राज्यमा कोभिड–१९ को प्रकोप फैलिइसकेको छ । नेपालसँगको सीमानाका जोडिएका राज्यहरुमध्ये बिहारमा अहिलेसम्म नौ जनामा भाइरसको संक्रमण देखिएको छ भने उत्तर प्रदेशमा ४९ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, उत्तराखण्डमा ५ तथा पश्चिम बंगालमा १५ जनामा यो भाइरसको संक्रमण पाइएको छ । यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो राज्यमा यो भाइरस तेस्रो चरणमा प्रवेश गर्ने अवस्थामा रहेकोले तयारी अवस्थामा रहन सबैलाई आग्रह गरेका छन् ।

यो अवस्थामा कुनै विदेश गएर आएका मानिससँगको सम्पर्क बिना नै यो भाइरस पूरै समुदायमा फैलिन सुरु गर्छ ।

एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार