ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

उज्यालो प्रतिनिधि २ असार २०८३, मंगलवार समाचार

काठमाडौँ, २ असारः काठमाडौँ उपत्यका ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

त्यसबाट राज्यकोषमा रु २१ लाख ८६ हजार ५०३ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरेका ९५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ९९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन चलाउने १४७ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने १०८, निषेधित क्षेत्रमा हर्न बजाउने ११५, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ९८ र अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ४२१ जनालाई कारबाही गरिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार