स्काभेटरसहित अवैध उत्खननमा प्रयोग भएका १० टिपर नियन्त्रणमा

उज्यालो प्रतिनिधि २ असार २०८३, मंगलवार समाचार

गोलबजार (सिरहा) : सिरहा जिल्ला प्रहरीले विभिन्न स्थानबाट नदीजन्य वस्तु अवैध रूपमा उत्खनन तथा ओसारपोसारमा प्रयोग भएका एउटा स्काभेटरसहित १० वटा टिपर नियन्त्रणमा लिएको छ ।

प्रहरीले सिरहा नगरपालिका–१३ गमहरियास्थित कमला नदीबाट एउटा स्काभेटर र टिपर नियन्त्रणमा लिएको छ भने गोलबजार नगरपालिका–३ गागनखोलनबाट आठवटा टिपर नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गोलबजार र इकाला प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले ग्राभेल लोड गरेको ना४ख ८३७३, ना८ख १५१९, ना३ख ३८११, ना६ख ६९८८, मप्र०१–००१क०५१४, बाप्र०३–००१क ०३३८, प्र२–०१–००१क०१९० र मप्र०३–००१क ३८९३ नम्बरको टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी नरेश लिम्बूले जानकारी दिनुभयो ।

नदीजन्य वस्तु अवैध उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी त्यस ठाउँमा पुगेपछि सबै टिपर चालक सवारीसाधन छाडेर भागेका प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार