साउदीबाट कैलाशको उद्धार

उज्यालो प्रतिनिधि २० जेष्ठ २०८३, बुधबार समाचार
काठमाडौँ, साउदी अर्बमा अलपत्र परेका कैलाश अधिकारीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो आएको १२ घण्टा भित्रमा नै सम्झौताअनुसारको तलब र सेवासुविधा नपाई  कठिनाइ भोगिरहेका राहदानी वाहक कैलाशलाई उद्धार गरिएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए ।
मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा शिवन्तराज अधिकारी नामक खातामार्फत कैलाशको दयनीय अवस्था, सुरक्षित आवासको अभाव र श्रम शोषणसम्बन्धी गुनासो सार्वजनिक भएको थियो । हाल कैलाशलाई आवश्यक परामर्श, सहयोग र संरक्षणमा राखिएको  छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार कैलाश अधिकारी नेपाल फर्किएलगत्तै घटनाको विस्तृत छानविन भइरहेको बताइएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार